भीम रावलद्वारा एमाले सांसद पदबाट राजीनामा

1 min read

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । संसद भवन बानेश्वरमा पुगेर सञ्चारकर्मी समक्ष उनले राजीनामा पत्र पढेर सुनाएका थिए । नेपालको राजनीतिक नेतृत्वले नेपाल र नेपालीको शिर निहुराउने काम गरेको रावलले आरोप लगाएका छन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

राजनीतिक तहमा देखिएको विवाद समाधान गर्न प्रशस्त मेहनत गरेको भए पनि आफू त्यसमा सफल हुन नसकेको उनले बताए । ‘उच्च राजनीतिक तहमा देखिएको अहम्, प्रतिशोधले दिक्दार भएको छु ।

विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ,’ रावलले पत्रकारहरूसँग भने । सभामुख अग्नि सापकोटालाई राजीनामा बुझाउने रावलले बताएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!