चर्चित कलाकार ‘चम्सुरी’को दुवै मिर्गौला ड्यामेज, तुरुन्तै प्रत्यारोपण गर्नुपर्ने डाक्टरको भनाइ

1 min read

काठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् । एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । सहकलाकार तथा नजिककी साथी दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् ।दिपाश्रीले भनिन्, ‘उहाँले डाक्टरको सल्लाहअनुसार औषधि र खानेकुरामा परहेज गर्दै आउनुभएको थियो, तर आफूलाई युरिक एसिड मात्रै भएको भनेर भन्नुभएको थियो । एक महिनाअघि अस्पताल भर्ना भएपछि पनि उहाँले धेरैलाई थाहा दिन चाहनुभएन ।’

अस्पतालमा डाइलसीस चलिरहँदा अस्तिदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन् । पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!