काठमाडौं। दार्चुलाको उत्तर पश्चिममा रहेको कालापानी लिपुलेकमा भएको जनगणनाको प्रमाण भेटिएको छ उक्त भूभाग लाइ भारतले आफ्नो क्षेत्र भनेर आफ्नो सैनिक क्याम्प खडा गरेर बसेको छ र उक्त इलाकामा नेपालीलाई समेत प्रवेश निषेध गरेको छ भने उक्त भूभागलाई दुबई देश ले आफ्नो दाबि गर्दै आएका छन् ।नेपालले कालापानीको भू–भाग नेपालकै भएको दाबी गर्दै आएको छ । यससम्बन्धी जनगणनाको लिखित प्रमाण केन्द्रीय तथ्यांक विभागमा सुरक्षित रहेको जनाइएको छ ।विभागले कालापानी क्षेत्रमा २०१८ सालमा भएको जनगणनाको प्रमाण सुरक्षित रहेको बताएको छ ।
विभागका निमित्त निर्देशक निवेन लाल श्रेष्ठले २०१८ सालमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको र बैतडी जिल्लाअन्तर्गत कालापानी क्षेत्रको जनगणना भएको प्रमाण विभागमा सुरक्षित रहेको बताए ।त्यस्तै, २०२८ सालमा कालापानी क्षेत्र समेटिएको गाउँ विकास समितिका सम्बन्धमा अझै विस्तृत जनगणना भएको तथ्यांक विभागमा सुरक्षित रहेको विभागले जनाएको छ। यो खवर आजको राजधानी दैनिकमा छ ।