जिग्री लेख्छन्, ‘धुर्मुस सरकार हैन उहा सँग मन छ तर धन छैन : एउटा धुर्मुस हारे यो देशको बिकाश हार्छ!

1 min read

काठमाडौँ।  पछिल्लो समय सिताराम कट्टेल धुर्मुस ‘गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला’ निर्माणमा बिहान ६ बजे देखि बेलुकी १० बजे सम्म खटिन्छन र रंगशाला’ निर्माणमा जुटेका छन्। अनेक विवाद र बाधा खेपेर निर्माण कार्य अगाडी बढेको रंगशाल निर्माणमा सिताराम आफै तदारुकताका साथ खटिएका छन्। देश निर्माणमा उनले अगाडी बढाएको कदमको सदैव तारिफ हुने गरेको छ।

यहि बिचमा उनका आफ्नै भाइ वा लोकप्रिय चर्चित हास्यटेलि ऋङखला सक्किगोनीका कलाकर तथा , निर्देसक कुमार कट्टेल (जिग्री) ले एउटा स्टाटस पोष्ट गरेका छन् । गौतम बुद्द अन्तराष्ट्रीय क्रीकेट रङ्गशाला निर्माणमा सबै जुटौ र उदाहरणिय कामको सबैले आफ्नो तर्फबाट सहयोग र सम्मान गरौ भन्ने संदेश दिदै जिग्रीले यस्तो स्टाटस लेखेका छन्।

कुमार कट्टेल जिग्रीले लेखेको फेसबुक स्टाटस यस्तो छ:
नेता , उधोगि, ब्यापारी , अरबपती पनि हैन
उहा त यो देश लाई असाध्यै माया गर्ने एक सच्चा नेपाली नागरिक हो
उहा त बिकास को विश्वबिधालय हो
उहा सँग मन छ तर धन छैन
तर पनि भोक तिर्खा नभनि रात दिन खटेर देश निर्माण मा लाग्ने उदाहरणिय एउटा देश बिकास को सिपाही हो
उहाले अहिले नेतृत्व गरेको गौतम बुद्द अन्तराष्ट्रीय क्रीकेट रङ्गशाला को काम द्रुत गती मा अधी बढिरहेको छ
देश बिकाश कती चाडै गर्न सकिन्छ भनेर राम्रै पाठ पढाउने यो परियोजना लाई साथ , समर्थन र सहयोग गर्नु हामी सबै नेपाली को दायित्व हो
एउटा धुर्मुस हारे यो देश को बिकाश हार्छ
तेही भएर आउनुस हामी सबै मिलेर यो परियोजना सफल पारौ
जय देश , जय नेपाल !!

Facebook Comments
error: Content is protected !!