अचानक बढाइयो सर्वोच्च अदालतमा प्रहरी सुरक्षा, के आउला आज फैसला ?

1 min read

काठमाडौं । सोमबार सर्वोच्च अदालतमा सुरक्षा ब्यवस्था बढाइएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको फैसला सोमवार आउने सम्भावना छ । त्यसपछि उत्पन्न हुने सक्ने अवस्थालाई मध्यनजर राख्दै अदालत परिसरमा सुरक्षा बढाइएको हो । यस अघि पनि २८ गते फैसला आउने सम्भावनाको पूर्व जानकारी गराइएको थियो ।

सर्वोच्च वरपर अहिले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। फैसला आउनसक्ने कुरालाई मध्यनगर गर्दै सुरक्षास्थित मजबुत बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले स्वीकार गरेका छन् ।

काठमाडौंका सडकमा अहिले ७०० को हाराहारीमा प्रहरी परिचालन गरिएको छ । अदालत परिसरमा प्रहरीको बाक्लो उपस्थिती देख्न सकिन्छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले अदालत आसपासमा सुरक्षा दिएका छन् । गत जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटका विरुद्ध परेको रिट आज पेसी चढेको छ।

Facebook Comments Box
error: Content is protected !!