सिमा बिबाद : नेपालीका लागी चिनबाट खुसीको खबर !

1 min read

काठमाडौं। भारतले नेपाली भूमी समेटेर नयाँ नक्सा जारी गरेको विषयमा चीनले प्रतिकृया दिएको छ । नेपाली भूमिलाई भारतले आफ्नो सीमाभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसले नेपालमा ठूलो तरंग ल्याएको छ । चीनले पनि सिमाना मिचेको भन्दै विरोध भइरहेको छ । यि सबै विषयमा उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ।

बिहीबार पत्रकारसँग कुरा गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनु पर्ने बताएका छन् । उनलाई भर्खरै भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले नेपाल(भारत सीमा विवाद उठेको भन्दै दुई देशले आफै सुल्झाउनुपर्ने बताएका हुन् । नेपाली पक्षले यसमा धेरै चासो र असन्तुष्टि व्यक्त गरेको बारेमा आफुलाई जानकारी भएको बताउँदै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

चीनले पनि नेपाली भूमी मिचेको भन्ने विषयमा उनले प्रतिकृया दिँदै भने ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ,’ प्रवक्ता सिओयोलोङले भने,‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं। यस्ता आरोप आधारहीन छन्। उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ।’ उनले नेपाल र चीनले सन् २०६१ मा सीमा सन्धीमा हस्ताक्षर गरेको र सोही सन्धीका आधारमा सीमा तय भएको उल्लेख गरे।

‘त्यसपछिका वर्षहरूमा दुबै पक्षले सीमा र सुख्खा बन्दरगाहजस्ता मुद्दा राम्रो सहकार्य गरिरहेका छन्। अक्टोबरमा भएको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि दुबै पक्षले सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षर गरेका छन्,’ उनले भने,‘चीन नेपालसँग सीमा समस्या, बाहिर हस्तक्षेपको विरोध र साझा विकासका लागि सहकार्यलाई थप बलियो बनाउन चाहन्छ।’ उनले नेपाल-चीन सम्बन्धमा फाटो ल्याउने कुनै पनि प्रयास सफल नहुने पनि बताए।

Facebook Comments
error: Content is protected !!