बाबुराम भट्टराईको कटाक्ष: नेकपा र कांग्रेस पतन हुने भन्दै गरे यस्तो घोषणा (भिडियो)

काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेकपाप्रति कडारुपमा टिप्पणी गर्दै राजपासँग एकता गर्न सकिने विश्लेषण गरेका छन् । पार्टीको बिहीबार बसेको संघीय परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सत्तारुढ नेकपा र कांग्रेसप्रति कडा रुपमा कटाक्ष गरेका हुन् । सत्तारुढ नेकपा उठ्नै नसक्ने गरी पतनको बाटोमा हिँडेको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका डा भट्टराईले कांग्रेस आफ्नै आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको दाबी गरेका छन् ।

नेकपाले आफूलाई समानुपातिक–समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्रविरुद्ध उभ्याएको भन्दै उनले संघीयताको सही मोडेल निर्धारण हुन नसक्नुमा कांग्रेसको ठूलो भूमिका रहेको आरोप पनि लगाएका छन् । कांग्रेसको शासनकालमा ठूल्ठूला भ्रष्टाचार काण्डहरु भएको र सुशासनको सवालमा प्रतिवद्ध नदेखिएको भन्दै कांग्रेसबारे विश्वलेष गर्दै डा भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘आजको दिनमा कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थलथिलो भएको छ ।’

गणतन्त्र, संघीयता, समावेशिता र धर्म्निरपेक्षताकोविरुद्धमा रहेको राप्रपालाई जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर श’क्तिमा फर्किन चाहने शक्तिको रुपमा विश्लेषण गरेका उनले राजपा राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल भएको बताएका छन् । राजपासँग धेरै एजेण्डा मिल्ने भन्दै पार्टी एकता प्रयासलाई चाँडै निष्कर्षमा लैजानु पर्नेमा डा. भट्टराईको जोड छ ।
साझा पार्टीले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्नु सकारात्मक भएको भन्दै उनले उनले विप्लव नेतृत्वको नेकपाले स’शस्त्र सं’घर्षको बाटो रोजेर गलत क्रियाकलाप गरिरहेको आरोप लगाए । हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!