आज दिनभर कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने

1 min read

सुर्खेत । शनिबार कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विहान ९ बजेदेखि विद्युत अवरुद्ध भएको हो । विद्युत प्राधिकरण शाखा सुर्खेतका अनुसार बेलुकी पाँच बजेसम्म पाँच वटै जिल्लामा विद्युत अवरुद्ध हुनेछ ।कोहलपुर–सुर्खेत ३३ किभि प्रसारण लाइनमा बुस कटिङ अर्थात् रुखका हाँगाबिँगा हटाइने भएकाले विद्युत् प्रवाह नहुने विद्युत् प्राधिकरण सुर्खेत शाखाका प्रमुख टंकराज गिरीले रातोपाटीलाई जानकारी दिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनले भने ,‘ अहिले ९ बजेदेखि साँझ ५ बजेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा विद्युत् अवरुद्ध हुनेछ। कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन आसपासमा प्राधिकरणले रुखका हाँगा हटाउँदै आएको छ ।’सबै जिल्लाको मुख्य लाईन एउटै भएकाले एक ठाउँमा विद्युत लाईन विग्रिएको खण्डमा सबै जिल्लामा अवरुद्ध हुने समस्या छ। पछिल्लो केही दिनदेखि कर्णालीमा विद्युत झ्याप्प झ्याप्प जाने–आउने गरेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!