आज पत्रकार रबि लामिछानेको जन्म दिन , कति बर्ष लागे रबि ?

1 min read

काठमान्डौ , आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ | रवि लामिछानेको जन्म (१९७४-०९-०५) सेप्टेम्बर ५, मा भक्तपुर मा भएको थियो ।सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्। भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणि छ । उनको साथमा करौडौ जनता छन् !

Facebook Comments
error: Content is protected !!