सित्तैमा उपचार गर्ने नारा भजाउँदै आएका रविले अस्पताल छाडे, बिरामी भए बन्धक

1 min read

काठमाडौं, असार १४ । कोभिड सङ्क्रमित बिरामीको उपचारको लागि ‘सरकार नभए पनि हामी छौँ’ भन्दै सहयोग सङ्कलन गरेका रवि लामिछानेले अहिले सो अस्पतालमा रहेका बिरामीको सम्पर्कमा नआउँदा दर्जनौँ बिरामीलाई मर्का परेको छ ।नि:शुल्क उपचारको नाममा रवि फाउन्डेसनको नाममा देशविदशेबाट सहयोग जुटेको र त्यसको हरहिसाबसमेत सार्वजनिक नगरिएको आरोप उहाँविरुद्ध लागेको छ ।

पछिल्ला दिनमा अस्पतालमा परिसरमा रवि र उहाँको समूहको उपस्थिति देखिन छोडेको छ । पहिले अस्पताल प्राङ्गणमा उनको समूह ब्यानर पनि देख्न सकिन्थ्यो । अस्पतालमा सयौँ जनाको उपचार गरिरहेको प्रचार गर्दै आएका रवि र उहाँको समूह अहिले कसैको पनि फोन उठ्ने नगरेको पीडितहरूले गुनासो गरेका छन् ।

आफूले सहकार्य गरेको जनमैत्री अस्पताललाई फाउन्डेसनको नामबाट एक जानकारी पत्र लेख्दै रविले सहकार्य तोडेको बताउनुभएको छ । तीन महिनाको लागि सहकार्य गर्ने सम्झौता भए पनि रवि लामिछाने एक महिनामै अस्पताल छाड्नु भएको हो । जेठको अन्तिम साताबाट अस्पताल आउन छाडेका उहाँले जेठ ३० गते अस्पताललाई पत्र लेख्दै सहकार्य ताडेको जानकारी गराउनुभएको छ ।

पत्रमा रविले तीन सयभन्दा बढीलाई सहयोग गरेको दाबी गर्नुभएको छ तर अस्पताल प्रशासनले भने त्यो दाबीलाई अस्वीकार गरेको छ ।हरहिसाब अपारदर्शी कति आर्थिक सहयोग सङ्कलन भयो र कति खर्च भयो भन्ने हरहिसाब सार्वजनिक नगरी रवि हिँडेपछि आर्थिक अनियमितताको शङ्काको सुई उहाँमाथि सोझिएको छ । जनमैत्री अस्पतालकै एक चिकित्सक भन्नुहुन्छ ‘रविजीले गर्दा अस्पतालकै बदनाम भयो,

उहाँले को–कोबाट कति रकम उठाउनुभयो, कुल कति उठ्यो र कति कुन–कुन बिरामीमा खर्च भयो भन्ने पारदर्शिता नै भएन । हामी समेत जोडिएकाले अस्पताल र रवि मिलेर सहयोग रकम खाइदिए भन्ने सन्देश गएको छ ।’ सबै दाताहरूको नाम सार्वजनिक गर्दा उठेको रकम बाहिर देखिने हुँदा रविले यसो गर्न नचाहेको अनुमान छ । उसो त हरेक क्रियाकलाप फेसबुक लाइभबाट जानकारी दिने उहाँले अस्पताल छाडेको विषयमा मौन देखिनुभएको छ ।

देखावटी रूपमा भने आर्थिक सहयोग दाताहरू र सर्वसाधारणमाझ बिरामीको उपचार आफूले गरिहरेको भ्रम छर्नको लागि उहाँले यी सार्वजनिक नगरेको हुनसक्ने अनुमान छ । पैसा तिर्न नसक्ने बिरामीलाई यातना ‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’ नारा भजाउँदै आएका रविले अस्पताल छाडेपछि केही बिरामी अस्पतालमै बन्धक छन् ।

रवि लामिछाने आफैँले बोलाएर उपचारको लागि आएको बताउने केही बिरामी अहिले पनि बन्धकमै छन् । मोरङ केचनाको ४२ बर्से सावित्रा राईलाई अस्पतालले डिस्चार्ज गरेको एक साता बढी भयो । तर चार लाख रुपैयाँ तिर्न बाँकी भन्दै अस्पतालले घर जान दिएको छैन । जेठ १८ मा भर्ना भएकी उहाँको लागि परिवारले ४५ हजार बुझाएको छ ।

तर अझै ३ लाख ८८ हजार रुपैयाँ ४ सय १५ रुपैयाँ तिर्नुपर्ने भन्दै अस्पतालले बिरामी बन्धक भएको सावित्राको छोरा मन्जित राई बताउनुहुन्छ। ‘पैसा तिर्न नसके ममीलाई आजीवन ट्‍वाइटेल सोहोर्नेमा बस् भन्दै अस्पतालले थकाइरहेको छ,’ मन्जित भन्नुहुन्छ । यस विषयमा रविको समूहसँग सहारा माग्दा आफूले केही सहयोग गर्न नसक्ने बताएको उहाँले बताउनुभयो ।

पैसा नतिरी भागेर जाऊ समेत भनेको मन्जित बताउँछन् ‘रवि लामिछाने र उहाँको फाउन्डेसनले पैसा उठाएको र सहयोग जुटिरहेको थाहा पाएपछि भर्ना हुन फोन गरेका थियौ, उहाँहरूले नै आउन भनेपछि हामी यही आएका हौ, तर यहाँ आएपछि उहाँहरूले हामीलाई कुनै वास्ता गर्नुभएन । अहिले पैसा तिर्न नसके अस्पतालबाट भागेर जानु भन्नुभएको छ,’ सावित्राको छोरा मन्जितले गुनासो गर्नुभयो ।

यता दोलखाका जिरी ९ का ४२ बर्से दीपक गुरुङलाई समेत अस्पतालले बन्धक बनाएको छ ।
यता अस्पतालले भने आफूहरूको कम्पनी भएकोले रविको केही नचल्ने जवाफ दिएको पीडितहरू बताउँछन् । पीडितहरू भन्छन् ‘अस्पताललाई हामीले गुनासो राख्दा रविले केही गर्दैनन्, गरेका पनि छैनन् । उनले गर्ने भनेको ५०– ६० हजारसम्म बिल आयो भने छुट गर्दिने हो । त्यही पनि उनीहरूले गर्न छाडिसके ।

’ सहयोग माग्दा उल्टो धम्की बिरामीका आफन्तले सयौँ पटक फोन गर्दा रवि लामिछानेले एकपटक मात्र फोन उठाएका छन् । ‘यस विषयमा अस्पतालमा बुझेर फोन गर्ने’ बताएका रविले फेरि फोन उठाउन छाडेका बिरामीका आफन्त बताउँछन् । रविकै समूहका डीपी अर्याल नाम गरेका व्यक्तिले भले उल्टो धम्की दिँदै आएको बिरामीका आफन्त गुनासो गर्छन् ।

अस्पताल भन्छ – सरकार र रवि दुवैले सहयोग छाडे कोरोनाको उपचार गरेबापत सरकारले अस्पताललाई आर्थिक सहयोग गर्दै आएको छ । बाग्मती प्रदेश सरकारले उपचार खर्च बेर्होने अस्पतालहरूको सूचीमा ३१ वटा अस्पताल छन् । जसमध्ये १३ औँ नम्बरमा जनमैत्री अस्पतालको नाम छ । सरकारबाट पनि सहयोग लिइरहेको सो अस्पतालले बिरामीबाट पनि पैसा असुलिरहेको छ । अस्पतालका प्रमुख व्यवस्थापक उमेश पाण्डे भन्नुभयो सरकारले समेत सहयोग गर्न छाडेको बताउँनुहुन्छ । असार ८ बाट सरकारले उपचार खर्च दिन छाडेको छ ।

Facebook Comments Box
error: Content is protected !!