काठमाडौं आउँदै गरेको माल बा’हक ट्र’क त्रि’शुली न’दीमा खस्यो !

1 min read

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मंगलबार त्रिशुलीमा एकजना सवारी चालक बेपत्ता भएका छन्। वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक मंगलबार विहान त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। ट्रकमा सवार चालक बाहेक अरु को को थिए भन्ने यकिन नभएको र ट्रकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान प्रहरीको छ । बेपत्ता हुने सवारी चालकको पहिचान खुल्न सकेको छैन । वीरगन्जबाट काठमाडौंका लागि छुटेका कपडा लोड गरिएको तीन वटा ट्रकमध्ये एउटा ट्रक सम्पर्कमा नआएपछि गरिएको खोजी कार्यमा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

Facebook Comments Box
error: Content is protected !!