अरूलाई जो*गाए, तर बाढीको लेदोमा आफै अस्ता*ए…

1 min read

सिन्धुपाल्चोक – साँझ पर्न लाग्दा खेतीपाती सकेर स्थानीय घर फर्कंदै थिए । हेलम्बुको काखबाट सधैं शान्त भएर बग्ने मेलम्ची नदी असार १ गते उर्लिएसँगै धमिलो हुन थाल्यो । एकाएक नदीमा बाढी आएको खबर सुनेपछि आ-त्तिएका तटीय क्षेत्रका स्थानीय र रिसोर्ट व्यवसायी खैलाबैला गर्दै सुर-क्षित स्थानमा भा*ग्न थाले । तर स्थानीय मत्स्य फार्मका व्यवसायी माछा जोगाउनतिर लागे ।

हेलम्बु गाउँपालिका–२ चुरेटारका ४५ वर्षीय गणेश ज्योति पनि हेलम्बु किउल बजारस्थित माछा जोगाउन बसे । तर करोडौं लगानीको धर्तीमाता मत्स्य फार्ममा एकाएक बाढीले धमिलो बनाएर ल्याएको झारपतिंगर, काठ पन्छाइरहेका उनी खोला बढेको आवाज सुनेर भाग्न थाले । बाढीले फार्म र सबै खेत बगायो । उनी भाग्दै बजारसम्म जोड्ने गोरेटो उक्लिँदा लिन आइपुगेका छोरी र श्रीमती चित्रकुमारीलाई परैबाट हातको इशारा गर्दै भने, ‘भाग भाग, छोरी लिएर भाग ।’ हेर्दाहेर्दै खेतचौरको लेदो बाढीमा गणेश हराए ।

‘हामीलाई त भगाएर बचाउनु भो, तर आफूचाहिँ बे-पत्ता हुनुभयो,’ चित्रकुमारीले भक्का-निँदै भनिन्, ‘रातदिन चैन छैन । उहाँले ‘भाग भाग’ भनेको शब्द याद आइरहन्छ ।’
हिन्दु संस्कारअनुसार कुशको श-वदा*ह गर्दै किरि-याकर्म गरिरहेका उनीसहित ६५ वर्षीया आमा बेलकुमारीलाई गणेश फर्किहाल्लान् कि जस्तो लागिरहन्छ । ‘परिवारको आधारस्तम्भ उहाँ नै हुनुहुन्थ्यो, अब दुई छोरी र एक छोराको शिक्षा र भविष्य अन्योलमा छ,’ चित्रकुमारीले भनिन् ।

हेलम्बु–२ पाल्चोक शेरा गाउँका ४५ वर्षीय नीलबहादुर खड्कालाई ६६ वर्षीया आमा टीकामाया खड्काले ‘बाढी आयो पाखा लाग्नू’ भनेको अझै सम्झना आइरहन्छ । किउल क्षेत्रमै मत्स्य फार्ममा खटिरहेका खड्का बाढीले सबै बगर बनाएको खबरपछि भा-ग्दै घर आइपुगेर जो-गिए । सबैलाई खबर दिएर बचाउने आफ्नी आमा भने बेपत्ता छिन् । फार्मभन्दा केही तलको खेत र गोठमा आमासहित दुई जनालाई बाढीले छोपेको प्रत्यक्षदर्शीले बताएको र तत्कालै खोजे पनि पत्ता नलागेपछि निराश भएर फर्केको उनले सुनाए । ‘

फार्ममा काम गर्ने धेरै जना उहाँकै खबरले जोगि-यौं, तर आफैं बे-पत्ता हुनुभयो,’ उनले भने । उस्तै व्यथा बेहोरिरहेका हेलम्बु–१ हल्देका ३५ वर्षीय पूर्णबहादुर तामाङ, ८० वर्षीया नोर्की तामाङको गाउँ र परिवार अहिले शो-कमा डुबेको छ । ‘उनीहरूले सबैलाई खबर गरे, भागेर ज्या-न जोगायौं, तर दुवै बे-पत्ता भए,’ हल्देका सोर्बङ तामाङले भने, ‘दुईसहित हल्देका मात्रै आधा दर्जन मत्स्य फार्ममा काम गर्ने बेप-त्ता छन् ।’

हेलम्बु–२ किउलका ३१ वर्षीय माधव भण्डारी पनि हरा-एका छन् । ‘भण्डारीसहित अन्यले पनि अरूलाई सूचना दिए तर आफू बे-पत्ता भए, यो धेरै दुः-खद भयो,’ बाढीबाट एकैछिनले बाँ-चेका मत्स्य व्यवसायी उत्तममणि भण्डारीले भने । अधिकांश म*त्स्य फार्म व्यवसायी र अन्य स्थानीयले समयमै सूचना दिएर परिवार र अन्यलाई जोगाए पनि आफू माछा बचाउनतिर लाग्दा बाढीबाट जो*गिन नसकेका हुन् ।

Facebook Comments Box
error: Content is protected !!