प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृ,त्यु भएपछि….

1 min read

हुम्लाको सिमकोट गाउँपालिका—६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ । सत्ताइस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो । आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनुभयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

त्यस्तै जिल्ला अस्पतालबाट रिफर गरिएका एक गर्भवतीको हवाई उद्धार हुन नसक्दा जीवन र मरणको दोसाँधमा परेकी छिन् । सुत्केरी व्यथाले छट्पटाइ रहेकी सिमकोट गाउँपालिका वडा नं ६ का २७ वर्षीया जसमता रोकायाको खराब मौसमका कारण हवाई उद्धार हुन नसकेको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि गर्भवतीको अवस्था नाजुक बन्दै गएको चिकित्सक टासिआजुक लामाले जानकारी दिए । उनका अनुसार ती गर्भवतीमा रगतको कमी तथा पाठेघरमा पानीको मात्रा कम नरहेको जनाइएको छ । उनले भने, ‘शल्यक्रिया ( अप्रेशन) गर्न सेतो रगत आवश्यक पर्छ । रगत छैन । यही कारण जिल्ला अस्पतालमा सुत्केरी गराउन नसकिएको हो । यहाँ शल्यक्रियाका माध्यबाट सुत्केरी गराउने संम्भव छैन । यसैले रिफर गरेको हुँ ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

अस्पतालका सिनियर अनमी सरिता बोहराले ती गर्भवतीलाई गत जेठ २७ मा सुत्केरी हुने दिन तोकिएको जानकारी दिइन् । उनले भनिन् , ‘जिल्ला अस्पतालमा शल्यक्रियाका माध्यबाट सुत्केरी गराउन सकिँदैन । यसैले रिफर गरेका हौँ ।’ सुत्केरी हुन ती गर्भवती यही असार १ गते अस्पतालमा गएकी थिइन् । अहिले उनीको अवस्था नाजुक बन्दै गएको जनाइएको छ । सोही दिन जिल्ला अस्पतालको समन्वयमा उनीलाई हवाई उद्धारका लागि पहल शुरुआत गरिएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

निरन्तरको वर्षात र खराब मौसमले नेपाली सेनाको हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवती जीवन र मरणको दोसाँधमा छिन् । ‘हामीले जिल्ला अस्पतालबाट असार १ गते सूचना प्राप्त गर्ने बित्तिकै हवाई उद्धारको लागि निरन्तर प्रयास जारी राखेका छौँ । खराव मौसमका कारण हेलिकप्टर आउन सकिरहेको छैन । सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकोप्टरसँग समन्वय भएको छ,’ प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!