सेनाले अघि बढे नेताहरु “मुसा” झै दुलोमा लुक्न थाल्छनः श्री राम कँडेल (भिडियोसहित)

1 min read

#काठमाडौं, । नेपालको राजनीति अस्थिरता मात्र रहने देखेपछि सकेको केहि सुधार ल्याउने सोचका साथ (युरोप) देश नेदरल्याड छाडेर नेपाल आएका श्रीराम कँडेलले अब सेनाले नेतृत्व लिनुपर्ने दैनिक न्यूज नेपालसंगको अन्तर्वार्तामा बताएका छन र अपराधि १०/२० जना नेताहरुलाई कठोलो समातेर कालकोठरीमा ठोक्नुपर्छ।

राजनीतिक स्थिरताको नारा दिएर नेतृत्व गरिरहेका राजनीतिक दलका नेतासंगै गणतन्त्र व्यवस्था नै असफल भएको कारण अब राजसंस्था पुनः स्थापना गर्नुपर्ने पनि बताएका छन । पछिल्लो समय संसद विघटन गर्ने र पुनः स्थापना हुने काम मात्र भइरहेको तर जनताको पक्षमा कुनै किसिमको काम नभएकाले पनि जनतामा आक्रोश बढिरहेका बताए ।

नेताहरुसंग जनताहरु आजित भएकाले सेनाले नेतृत्व लिन खाजे जनताले कुनै हस्तक्षेप नगर्ने पनि दावि गरेका छन । उनि भन्छन, सेनाले नेतृत्व लिन अघि सरेपछि नेताहरु मुसा जसरी दुलोमा लुक्न थाल्छन । नेपालको राजनीति अस्थिरताले भारत र चिन पनि असुरक्षित महसुर गरिरहेकोले गर्दा राजसंस्थ पुनः स्थापनामा सकारात्मक रहेको बताए ।

Facebook Comments Box
error: Content is protected !!