८ बर्षमै बिहे गरेर महिना दिन नबित्दै श्रीमानको मृ’त्यु, बिहेपछी ८० वर्ष एक्लै जिबन बिताएकी वसुन्धरा

1 min read

काठमाडौं- सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा वसुन्धरा शर्माको चुल्हो बल्छ । परिवारमा अरू कोही छैनन् । खेती गरेर खाने जमीन छैन, उमेरले पनि डाँडा काटेकाले काम गरेर खानसक्ने कुरै भएन । बिहे गरेको महिना नबित्दै श्रीमान्को मृ त्यु भएपछि बिहेपछिका झण्डै ८० वर्ष उहाँले एकल जीवन बिताउनुभयो । आठ वर्षको उमेरमा उहाँको बिहे भएको थियो । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी उहाँ ८८ वर्षकी हुनुभयो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उहाँको जिउने आधार एउटा सानो कुटी थियो । गत वर्षको वर्षायाममा त्यही कुटीमा समेत विपत्ति आइलाग्यो । गत भदौ २८ र २९ गतेको वर्षापछि जग नै भासिएर घर जमीनमुनि पुग्यो । वसुन्धराले एक वर्ष निकै कष्टले बिताउनुभयो । घर भाँसिएपछि पीडाको सीमा रहेन । छिमेकीको घरमा आश्रय लिएर बस्नुभयो । वसुन्धारको खुशी एक वर्षपछि फर्किएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!