३३० फीट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुडिएपछि (हेर्नुहोस् भिडियो )

एजेन्सी। बन्जी जम्प शाहसिक खेल हो । यसमा धेरै साबधानी अपनाइन्छ । जो कोहीले बन्जी गर्ने आँट पनि गर्दैनन् । बन्जी जम्म गर्नेहरुका लागि धेरै सा’वधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ नसोचेको दुर्घटना हुनसक्छ । हालै एकजना बन्जी जम्प गर्ने क्रममा डोरी चुँडिएर भुइँमा बजारिएका छन् । घ’टना पोल्याण्डको हो । पोल्यान्डको गडीनियामा एकजना बन्जी जम्पर ३३० फीट माथिबाट हाम्फाल्ने क्रममा डोरी चुडिँदा भुइँमा बजारिएर करङ भाँचिएको छ । स्वास्थ्य ठीक भएपनि त’त्काल उनी हिँडडुल गर्न सक्ने अवस्थाम भने रहेन । थप भिडियो – हेर्नुहोस यसरि हानिन्छ बन्जी जम्प भिडियोमा हेर्नुहोस् :

गडीनिया प्रहरीका क्रिस्टोफ कुस्मीरजिकले घटना पछि घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र कर्मचारीहरूसँग अन्तर्वार्ता लिइएको बताए । घ’टनाको भिडियो हेर्दा उनको टाउको भुइँमा राखिएको एयरब्यागमा बजारिएको देखिन्छ । एयरब्यागमा बजारिएपछि उनी उफ्रिन्छन् अनि रोकिन्छन् । अनेकौं कर्मचारीहरूले उनी ठीक छन् कि छैनन् भनी हेर्न गएको देखिन्छ । स्थानीय समाचार वेबसाइट ट्रोमियास्तो डट् पीएलका अनुसार, भुइँमा बजारिए पछि उनी अचेत भए र उनलाई अस्पताल लगियो । भाग्यवश दुर्घटनाबाट उनी बाँचे । उनको करङ टुक्रिएको छैन र अलिकति भाँचिएको अ’स्पतालले जनाएको छ । उनको अन्य अंगमा पनि केही चो’ट पुगेको बताइएको छ ।
हेर्नुहोस यसरि हानिन्छ बन्जी जम्प भिडियोमा हेर्नुहोस् ‘ख’तरनाक बन्जि जम्प, मन थामेर हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!