सुनको मूल्य आज फेरि बढ्यो !

1 min read

काठमाडौं, २७ कार्तिक । नेपाली बजारमा हिजो (मंगलबार) स्थिर रहेको सुनको भाउ आज (बुधबार) फेरि बढेको छ । मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुन बुधबार तोलामा २०० ले बढेर ७१ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ । चाँदी पनि मंगलबारको तुलनामा रु ५ ले बढेर तोलामा रु ८५० मा कारोबार भएको महासंघले जनाएको छ । विदेशबाट आयात गरिने सुनमा सरकारले भन्सार बढाएसंगै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो ।

Facebook Comments
error: Content is protected !!