कोरोना जितेपछि मदनकृष्ण श्रेष्ठले भने, ‘निक्कै बलियो रहेछ बजिया’

1 min read

काठमाडौं। वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनालाई जितेका छन् । उनले आज (मंगलबार) फेसबुकमा आफू कोरोनामुक्त भएको जानकारी गराउँदै संक्रमित हुँदा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनले भनेका छन्, ‘मलाई माया, शुभेक्षा र आशिर्बाद बर्षाउँदै मेरो स्वास्थ्यप्रति चिन्ता ब्यक्त गर्नु हुने सम्पूर्ण मेरा प्यारा–प्यारा दर्शक श्रोता, नर्स, डाक्टर अनि पृथ्वीभरका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

शुभेच्छुकको आशिर्बाद लागेकै कारण आफू निको भएको उनको भनाइ छ । ‘यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई मज्जाले पचाइयो’ उनी भन्छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि ।’ उनी थप भन्छन्, ‘बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!