अबको निषे-धाज्ञा मोडालिटी ‘लुजडाउन’ ।

1 min read

काठमाडौं : सरकारले जारी निषे’धाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुज’डाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरो’ना संक्रम’ण सुरु भएपछि गत १६
वैशाखबाट जारी निषे’धाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा नि’षेधाज्ञा छखोटाङ र मनाङमा भने नि’षेधाज्ञा छैन ।

पछिल्लोपटक काठमाडौं उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले अब निषे’धाज्ञा शैलीमा दैनिक जनजीवन सहज बनाउनेगरी परि’मार्जन गरिने जानकारी दिएका छन् ।‘निषेधा’ज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले सोमबार राजधानीसँग भने ।

गृह मन्त्रालयले यो शैली अवस्था हेरेर अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत गरिसकेको छ । जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर सोबारे निर्णय लिन सक्नेछन् । गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो ।

Facebook Comments Box
error: Content is protected !!