प्रधानमन्त्रीको उपचार सकियो, तर ठीक भए नभएको यकिन नहुने

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य उपचार बुधबार पूरा भएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन् ।उपचार सकिएसँगै प्रधानमन्त्री शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ  । ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो ।

प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए । ‘उपचार सकिएर उहाँले स्वास्थ्य लाभ गर्नुभएको छ,’ अर्यालले भने, ‘शुक्रबार अपराह्न स्वदेश फर्किने कार्यक्रम तय भइसकेको छ ।’प्रधानमन्त्रीका निजी चिकित्सक दिलीप शर्मा भन्छन्, ‘उपचार सकियो, ठीक भए–नभएको अहिल्यै यकिन हुँदैन ।’ सातौँ चरणको प्लाज्मा फेरेसिस सकिएको छ । अहिलेसम्म उहाँका रिपोर्ट ठीक छन् । उहाँ स्वस्थ भएर शुक्रबार फर्किंदै हुनुहुन्छ । तर, प्लाज्मा फेरेरिसले ठीक भए–नभएको यकिन अहिल्यै हुँदैन । त्यसले काम गरे नगरेको केही दिनपछि मात्रै थाहा हुन्छ ।

यो पनि पढ्नुहोस – ‘काम हलीको जस्तो सुविधा हाकिमको जस्तो’
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रसेवक कर्मचारीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुसार काम गर्नुपर्ने बताएका छन् । प्रदेश सरकार मातहतका ११ वटै जिल्लाका कार्यालय प्रमुखलाई बुधबार पोखरामा निर्देशन दिँदै उनले सरकारले के गर्न खोजेको छ बुझेर सरकारको योजनाअनुसार सबै कार्यालयले काम गर्नुपर्ने बताएका हुन् ।कर्मचारीले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्नेमा विधि र प्रक्रियामा मात्र अल्झिँदा जनताको आँगनमा रहेको प्रदेश सरकार र पिँढीमा रहेको स्थानीय सरकारबाट पनि जनताले विगतमा जस्तै दुःख पाउनुपरेको उल्लेख गर्दै मुख्यमन्त्रीले सरकारले बनाएको कार्ययोजनाअनुसार काम गर्न निर्देशन दिए ।

सरकार राम्रो काम गर्ने कर्मचारीलाई सधैँ प्रोत्साहन, पुरस्कृत र सेवासुविधा वृद्धि गर्ने पक्षमा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले भने, “काम गर्दा स्रोत र साधन के मा अभाव भयो भन्नुहोला, तर काम चाहिँ हुनुप¥यो । काम हलीले जस्तो गर्नुहोस्, सुविधा हाकिमको जस्तो लिनू ।”सरकारले चालु वर्षमा शत्प्रतिशत बजेट कार्यान्वयन गर्ने गरी अघि बढेको बताउँदै मुख्यमन्त्री गुरुङले असोजदेखि नै कार्ययोजना शुरु गर्नुपर्ने बताए । पहिलो चौमासिक भित्रमा योजना सुरु गरेर दोस्रो तथा तेस्रो चौमासिकमा नपुग्दै सम्पन्न गर्ने गरी काम अघि बढाउन आग्रह गर्दै उनले चालु वर्षका योजना असारअघि नै सम्पन्न गरिसक्न खर्च गर्ने संस्थागत क्षमता विकास गर्न आग्रह गरे ।

मुख्यमन्त्री गुरुङले सरकारले आन्तरिक आयबाट नै चालू खर्च धान्ने र सङ्घीय सरकारबाट प्राप्त हुने सबै बजेट सडक, उद्योग कलकारखाना तथा उत्पादनमा लगाउने योजना अघि सारेकाले आन्तरिक आय वृद्धि गर्नेतर्फ जोड दिनसमेत कार्यालय प्रमुखहरुसँग आग्रह गरे । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गत वर्ष कार्यालय स्थापनामा ढिलाइ, कर्मचारी समायोजन लगायतका कारणबाट लक्ष्यअनुसार पूँजीगत खर्च नभएको बताउँदै चालू वर्षमा सरकारी लक्ष्य पूरा गर्ने गरी काम गर्न आग्रह गरे । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले परिवर्तित व्यवस्थाअनुसार कर्मचारीले काम गर्ने क्षमतामा वृद्धि गरी जनतालाई दुःख नहुने गरी सेवा प्रवाह गर्नुपर्ने बताए । – रासस

Facebook Comments
error: Content is protected !!