एनसेलले ल्यायो गजबको अफर ‘अल नेटवर्क भ्वाइस प्याक’!

काठमाण्डौ। एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्दछ ।

यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि सञ्चालनमा आएको छ । यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० रुपैयाँ (करसहित २५.५४ रुपैया) मालिन सक्छन् । यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलो पटक हो । यो प्याक सुचारु गर्न एनसेलका ग्राहकले ‘एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास’ डायल गर्नु पर्नेछ । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो अफर माघ २६ गते सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ । उज्यालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!