स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री पोखरेल

1 min read

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । उहाँले डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताउनुभएको हाे । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

बिहीवार (हिजो) बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ ।  **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । यस्तै घटनाको विरोधमा डाक्टर तथा स्वास्थ्यकर्मीले शुक्रवार (आज) बिहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै आएका छन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!