विवेकशील साझाका नेता थापाको स्वास्थ्य अवस्था गम्भीर, थप उपचारका लागि मेडिसिटी लगियो

1 min read

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य स्थिति गम्भीर जटिल बनेपछि नेपाल मेडिसिटी अस्पताल लगिएको छ । पार्टीका संयोजक मिलन पाण्डेका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि नेता थापालाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसपछि उनलाई ग्राण्डी अस्पताल रेफर गरिएको थियो । तर, स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि थप उपचारका लागि नेता थापालाई शुक्रबार (आज) नेपाल मेडिसिटी अस्पताल लगिएको हो ।

पार्टी संयोजक पाण्डेले भनेका छन्, ‘केही दिनअघि उज्वल दाइलाई कोरोना भाइरसको संक्रमण भयो । उहाँको उपचार ह्याम्स काठमाडौंमा शुरु भयो र त्यसपछि ग्रान्डी अस्पताल रेफर गरिएको थियो । र, शुक्रबार (ज्येष्ठ १४) उनलाई नेपाल मेडिसिटी अस्पताल लगिएको छ ।’

त्यस्तै, उनले नेता थापाको अवस्था निकै जटिल भएको उल्लेख गर्दै उक्त समस्याको सामना गर्न सक्दो प्रयास गरिरहेको बताएका छन् । साथै, नेता थापाको परिवारको अनुमतिमा उनले आर्थिक सहयोगका लागि पनि सबैसँग अपील गरेका छन् ।

नेता थापाको उपचारका लागि संकलन हुने सम्पूर्ण अर्थको पारदर्शी हिसाब गर्ने पनि उनले बताएका छन् । नेता थापाको थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भएकाले मेडिसिटी रेफर गरिएको बताइएको छ । जटिल अवस्थामा गरिने इक्मो उपचारका लागि २५–३० लाख लाग्ने बताइएको छ ।‍

Facebook Comments Box
error: Content is protected !!