अस्पतालमा रगत अभाव हुन नदिन एमालेद्धारा रक्तदान

1 min read

काठमाडौ । महामारीका समयमा संक्रमित र अन्य विरामीलाई रगतको अभाव नहोस भनेर बाँकेमा नेकपा एमालेले रक्तदान कार्यक्रम गर्ने भएको छ । माधव नेपाल समुहको नेकपा एमालेले रक्तदान कार्यक्रम गर्न लागेको हो । बाँकेमा नेपाल समुहका अध्यष अशोक कोइराला छन् ।    उनकै नेतृत्वको नेकपा एमाले बाँकेले रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार विहान ८ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिए ।  एमाले बाँकेमा अस्पतालमा रहेका विरामी र उनीहरुका कुरुवाका लागि प्रति छाक ३० रुपियाँमा खाना खुवाईरहेको छ । युबा संघ स्थायी कमिटी सद्स्य तथा बाके जिल्ला अध्यक्ष कुश्माखर बस्या? लले रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

Facebook Comments Box
error: Content is protected !!