एमालेका नेता तथा पूर्व सांसद शर्माको नि,धन

1 min read

नेकपा   रत्न प्रसाद शर्मा न्यौपानेको निधन भएको छ । शर्माको गएराति उपचारका क्रममा निधन भएको हो । संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेलाई निमोनियाँले सताएपछि उनको निधन भएको ।अत्यन्तै सरल स्वभावका न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा निर्वाचित भएका थिए ।

हाल उनी एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।उनको निधन संगै पर्यटनमन्त्री भानुभक्त ढकालले जाजरकाेटको एउटा उदाउँदो नक्षत्र, प्रिय नेता, पूर्व सांसद कमरेड रत्नप्रसाद शर्मा न्याैपानेकाे असामयिक निधन भएकोमा आफू स्तब्ध छु भन्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिराे समवेदना व्यक्त गरेका छन् ।

उनले नेपाल सरकार तथा प्रदेश सरकारले आ.व.२०७७/७८ को बजेटमा नेपाल-भारत सिमाना (१८८० किलोमीटर) कंक्रीट पर्खाल बनाउने कार्यक्रम ल्याउनु पर्ने धारणा राखेका थिए ।पर्खाल बनाउंदा दीर्घकालिन पनि हुने, केही मानिसहरूले काम पाउने, रोजगारी हुने, देशको स्वरोजगार बजेट सदुपयोग हुने, छिमेकीको बारम्बारको तनाव सदाको लागि मुक्त हुने उनको राय थियो ।

त्यस्तै नेता योगेश भट्टराईले पनि सामाजिक संजालमा दुख प्रकट गरेका छन् । उनले लेखेका छन्, दुःखद खबर नेकपा एमाले जांजरकोट जिल्लाका अगुवा नेता पूर्व संसद कमरेड रत्न शर्मा रहनु भएन भावपूर्ण श्रद्धान्जली ! परिवारजनमा हार्दिक समवेदना !!

Facebook Comments Box
error: Content is protected !!