श्रीमतीको दीर्घायूका लागि नेता गगन थापा व्रत बसे

1 min read

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज मंगलबार सकिएको छ । आफ्नो पतिको दीर्घायूलगायतको कामना गर्ने तथा अविवाहित महिलाहरुले सुयोग्य पति प्राप्तिको कामना गरेर निराहार व्रत बस्ने चलन छ ।तर, पछिल्लो समय व्रत बस्ने शैली र तीज मनाउने तरिकामा नै परिवर्तन आएको छ ।पतिका लागि पत्नीले व्रत बस्नु पर्ने तर पत्नीका लागि पतिले किन व्रत नबस्ने जस्ता प्रश्न समाजमा उब्जिन लागेको छ ।यही बेला हालै सकिएको तीजमा आफ्नी श्रीमती अन्जना केसी थापाको दीर्घायूको कामना गरेर कांग्रेस युवा नेता गगन थापा व्रत बसेका छन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत अन्जनाले पति गगन र आफू दुवैजना व्रत बसेको जानकारी दिएकी हुन् ।

Facebook Comments
error: Content is protected !!