१४९ जनाको हस्ताक्षर बोकेर प्रधानमन्त्री दावी गर्न देउवा शीतल निवास नपुग्दै हस्ताक्षर नक्कली भएको पुष्टी भएपछि….

1 min read

काठमाडौं । प्रधानमन्त्री बन्ने खेल चलिरहँदा नेकपा एमालेका माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे कित्ता क्लियर गरेका छन् । उनले आफु माधव नेपालको निर्णयमा नरहेको स्पष्ट पारेका छन् । माधव नेपाल पक्षका २७ सांसद सहित १४९ जनाको हस्ताक्षर बोकेर प्रधानमन्त्री दावी गर्न नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा शीतल निवास नपुग्दै नेता पाण्डेले त्यो हस्ताक्षर आफ्नो नभएको जनाएका छन् ।

उनले आफु देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा नरहेको र एमालेका सांसदको हस्ताक्षर दुरुपयोग भएको दावी गरेका छन् । अन्य प्रयोजनका लागि लिइएको हस्ताक्षर शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने काममा दुरुपयोग भएको बताएका छन् । उनले २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने आशंका गरेका छन् । उनले आफुले नेताहरुलाई पनि त्यो वाटोमा नजानु भनेर सुझाव दिएको बताउँदै देउवालाई प्रधानमन्त्री दावी गर्ने कुरामा आफुले कतै हस्ताक्षर नगरेको प्रतिकृया दिएका छन् ।

यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरू छलफल गरेका थिए।

१४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गर्न जाने निर्णय भएको थियो। हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूहका १३ जना रहेको सनसनीपूर्ण समाचार बाहिरिएको थियो ।

Facebook Comments Box
error: Content is protected !!