लमजुङमा अझै जान्छ भुकम्प, विज्ञले भने ‘सजग रहनू’

1 min read

काठमाडौ । लमजुङमा बुधवार तीन घण्टाको फरकमा ३ पटक भुकम्प गइसेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले लजमजुङमा भूकम्प जाने क्रम अझै जारी रहने बताएका छन् ।केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले लमजुङमा भुकम्प जाने क्रम जारी रहेकाले सतर्क रहन आग्रह गरेका छन् । बुधबार बिहान ५ बजेर ४२ मिनेनदेखि ८ बजेर २६ मिनेटसम्म ३ पटक भुकम्प गइसकेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**, 

दुइवटा भुकम्पको धक्का ठूलो थियो भने अन्तिममा गएको भुकम्प ४ म्याग्निच्युडको रहेको विज्ञले जनाएका छन् । दुईवटा भुकम्प ४ म्याग्निच्युड भन्दा माथिका हुन् ।लगातार भुकम्प गएपछि स्थानिय डराएका छन् । हल्ला गर्दै वाहिर निस्किएका थिए तीन पटककै भूकम्प लमजुङको भुलभुले भन्ने स्थानकै आपसाप केन्द्रबिन्दु भएर गएको हो ।अधिकारीका अनुसार सुरुमा ५ बजेर ४२ मिनेटमा ५।८, त्यसपछि ८ बजेर १६ मिनेटमा ४ र ८ बजेर २६ मिनेटमा ५।३ म्याग्निच्युडका भूकम्प गएका हुन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**, 

‘४ म्याग्निच्युडभन्दा मुनिका परकम्प अहिले पनि गइरहेको र केही समय यो क्रम जारी रहने उनले बताएका छन् । त्यसैले स्थानिय बासीन्दालाई सतर्क रहन पनि आग्रह गरिएको छ ।यि भुकम्प पनि २०७२ सालकै महाभूकम्पका परकम्प भएको उनको भनाई छ । आज लमजुङमा गएको मात्राको परकम्प यसअघि पनि गइसकको उनले बताए।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**, 

 

Facebook Comments Box
error: Content is protected !!