काठमाडौंबाट रूकुम पश्चिम गइरहेको बस दाउन्नेमा खस्यो, ४ जनाको मृ,त्यु

1 min read

काठमाडौंबाट रूकुम पश्चिम गइरहेको यात्रुबाहक बस पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रहरी नायब निरीक्षक डम्बर गिरीका अनुसार बुधबार बिहान ६ बजेतिर दाउन्ने मन्दिर र दुम्कीबासको बिचमा ना ५ ख २७१३ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको थियो। बसमा भएका ५२ जनामध्ये ४८ जना घाइते छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

घटनास्थल भिरमा रहेकोले घाइतेहरूको क्रेनको माध्यमबाट उद्धार भइरहेको गिरीले जानकारी दिए।दुर्घटनाको कारण खुलिसकेको छैन।उद्धार गरिएका घाइतेहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!