एकाबिहानै लमजुङ केन्द्रबिन्दु बनाएर ५‍.८ रेक्टर स्केलको भूकम्प गयो

1 min read

बिहान भूकम्प गएपछि लमजुङ सदरमुकाम बेंसीसहरमा घरबाहिर निस्किएका सर्वसाधारण । तस्बिर आश गुरुङ/कान्तिपुरकाठमाडौँ — बुधबार बिहान लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

Facebook Comments
error: Content is protected !!