मान्छे किन धनी हुन चाहन्छ ! तपाइँ कती धनी ? थाह पाउनुहोस् !

1 min read

तपाइँ कती धनी ?
१ * यदि तपाई सित घर छ र त्यसमा फ्रिज पनि छ भने तपाई झण्डै सात अरब मान्छे भएको यस दुँनियामा ७५% मान्छेभन्दा धनि हुनुहुन्छ । २ * यदि तपाईको बैंकमा पैसा थुप्रेको छ र गोजीमा पनि प्रशस्तै पैसा छ भने तपाई संसारका १८% धनी मध्ये पर्नुहुन्छ ।
३ * तपाई धर्तीका दुई अरब मान्छेभन्दा धेरै भाग्यमानी हुनुहुन्छ किनभने उनीहरूले तपाईजस्तो पढ्न सक्दैनन् ।
४ * यदि तपाई वर्षमा यदाकदा मात्र विरामी भएर बाँचिरहनुभएको छ भने तपाई निकै भाग्यमानि हुनुहुन्छ किनभने करोडौ मान्छे असाध्य बि’रामीमा बा’चिरहेका छन् । यसर्थ जिन्दगी पि’डा र दःखपूर्ण भयो भनेर सधै गु’नासो गर्ने मात्र होइन, त्यहाँ त्यो भन्दा धेरै छन् जसले तपाईलाई भाग्यमानि सावित गरिदिन्छन् ।

यो पनि पढ्नुहोस् -मान्छे किन धनी हुन चाहन्छ ?
संसारका सबै जसो मानिसले धनी हुने चाहना राखेका हुन्छन्। एउटा तोते बोल्ने बालकसमेत अरु साथी सँग भएका चीज बिज भन्दा आफूसँग बढी भए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्छ। बच्चा जति जति बढ्दै जान्छ, उसका चाहना पनि बढ्दै गएका हुन्छन्। चाहना बढ्दै जानु भनेको अरु भन्दा सम्पन्न हुन खोज्नु हो। यसरी धनी एवम् सम्पन्न हुन चाहने प्रवृत्तिको विकास सुरुको अवस्था देखिनै भएको पाइन्छ।

सबैक लागि यो बिषय ज्यादै नै गहन छ। सबै मानिस आफू धनीनै हुन चान्छन्। तर सबै धनी हुन सक्दैनन्। को धनी को गरिब भनेर पनि छुट्टयाउन पनि त्यत्तिकै कठिन छ। दुई व्यक्तिबीच तुलना गर्दा धनी र गरीब केही हदसम्म छुट्टयाउन सकिएला। यद्यपी त्यो पूर्णता भने हुन सक्दैन। दुबै व्यक्ति धनी हुन अनबरत लागि रहेको अवस्थामा को अघि पुग्दछ, यसै भन्न सकिदैन। त्यसैले धनी को हो भन्ने कुरालाई तुलनात्मक रुपमा लिनु पर्ने भएकोले यो प्रश्न अनुत्तरित नै रहेको हुन्छ।

एक पटक मेरे साथीले छोरालाई भन्नु भएछ, अब अलि व्यवस्था गर्नु पर्यो। सधै आजको लागि मात्र विचार गरेर भएन। भोलिका लागि पनि त चाहियो। बाबुले भन्न नसक्दै छोरा बाट उत्तर आइहालेछ। हामीले जति कमाए पनि धनी कहिल्यै हुन सकिदैन। त्यस कारण पुग्न नसकिने बाटो जानु भन्दा त्यतातिर जांदै नजानु राम्रो भनेपछि उहाँको चित्त बुझेछ। त्यसपछि यो विषय बारे सधैका लागि बन्द भएछ। हुन पनि हो निरन्तर रुपमा अघि बढी रहने विषयको पुग्ने ठाउँनै हुँदैन। जति गएपनि त्यो गन्तव्य कहिल्यै भेट्न सकिदैन।

त्यसकारण यसता असफल प्रयासमा लाग्नु भन्दा नलाग्नु नै बेस। यसो भन्दा पनि यो दार्शनिक विचार जस्तो देखिन आउँछ होला। यद्यपी मानिसले यस बारे गहन रुपमा विचार गर्ने हो भने व्यर्थमा समय खेर नफाले हुन्छ। धनी हुन चाहने प्रवृत्ति शहरको तुलनामा ग्रामीण भेगमा बढी भएको देखिन्छ। शहरमा धेरै मानिस हुने र सबैको अबस्था बुझ्न पनि नसकिने भएको ले नै हुन सक्दछ। विभिन्न मानिसबीच को धनी भनी एकिन गर्न त सबैको सम्पत्तिको जानकारी हुनु नै पर्यो। तर शहरमा सामान्य किसिमबाट तुलना गरी छुट्याउने कार्य कठिन हुने गर्दछ।

गाउँ घरमा आजकल पनि धनी हुने प्रवृत्तिले स्थान पाई आएको छ। पहिले पहिले आफ्नै पसिनाको कमाइको आय आर्जन अरुको तुलनामा आफूलाई सर्वश्रेष्ठ बनाउनेतर्फ आफ्ना गतिविधि अघि बढाएका हुन्थे भने आजकल तुरुन्तै क्षणभरमा धनी हुने तिर मानिस लागेका देखिन्छन्। तुरुन्तै धनी हुन खोज्नु भनेको परिश्रमको बाटो परित्याग गरी अन्य उपाय अबलम्बन गर्नु नै हो। त्यसकारण आजको हाम्रो समाजमा विकृति बढ्दै जानुको यो एक कारण पनि हो।

दुर्गम तथा विकटमा बस्ने मानिसहरुको अवस्थामा अहिलेसम्म पनि आशा लाग्दो प्रगति हुन सकेको छैन। गास, बास र कपासको खोजीमा उनीहरु भौंतारिदै लेक बाट बेसी, बेसी बाट पहाड र पहाड बाट तराई झर्दै आएका देखिन्छन्। त्यतिले मात्र पुगेको छैन उनीहरुलाई। गास, बास र कपासकै खोजीमा कतिपय जनसंख्या खाडी मुलुकमा पुगेका पनि छ। यसरी चहार्दै हिड्नुमा जीवन यापन गर्नको लागि नै हो। यो एक प्रकारको धनी हुने तृष्णा नै हो। तृष्णा लाग्नु भनेको धनी हुने चाहना हो।

यो तृष्णा अथवा चाहना फरक फरक हुने गर्दछ। एउटा जो कोही जग्गा, जमिन, घर नहुनेको तृष्णा गास, बास र कपास भए पुगि हाल्छ। तर आधारभूत आवश्यकता उपभोग गरिरहेको मानिसलाई उपल्लो दर्जाको सुविधाको चाहना तर्फ आकर्षित भएको हुन्छ। मानिस विवेकशील भएको हुँदा उ महत्वाकांक्षी पनि हुन्छ। महत्वाकांक्षी नहुने हो भने उसको प्रगति पनि हुन सक्दैन। किन मानिसले आफ्ना चाहना बढाउँदै धनी हुन चाहन्छन् भन्ने बिषयमा तलका प्रकरणमा केही उल्लेख गरीएको छ। धनी हुनु भनेको अरुले इज्जत गर्नु वा समाजमा प्रतिष्ठित हुनु हो भन्ने विचारको विकास भएको देखिन्छ।

धनी नभइ सम्मान र इज्जत नहुने भन्ने भावनाले गर्दा नै मानिसको भिड त्यसतर्फ केन्द्रित हुन पुगेको छ। जसरी पनि धनी हुने विचारले गर्दा समाजमा विकृति र अपराधले ठाउँ लिन थालेको छ। धनी भएकै कारणले गर्दा मानिसले भौतिक सुविधाको उपभोग गर्न पाउँछ। जीवन आनन्दमय हुने गर्दछ। ऐस आराम, शुख सुविधा प्राप्त गर्छ। मान, मर्यादा, इज्जत पनि बढेको हुन्छ। यो कारणले गर्दा पनि मानिस धनी भएर अरु भन्दा भिन्न हुन चाहेको हुन्छ।

आफू सम्पन्न हुनको लागि मानिसको आचरणले गर्न नहुने काम पनि गरेका छन्। आफू धनी हुनको लागि अरुलाई शोषण गरेका घटना थुप्रै छन्। यस किसिमका घटना गाउँ घरमा प्रशस्तै भेटिने गर्दछन्। मान्छेले मान्छेलाई शोाषण गर्नु भनेको जघन्य अपराध नै हो। अपराध गर्दै जानु, अनि धनी पनि हुँदै जाने कार्यले गर्दा आजभोलि हाम्रो समाज बिग्रिदै गएको देखिन्छ। प्रत्येक दिन हत्या हिंसा भइनै रहेका छन्। यसो हुनुको मूल कारक तत्व भनेको धनी हुन खोज्नु नै हो।

गाउँका रैथाने र केही जाने बुझेकाले नै सिधासाधा मानिसलाई उनीहरुको सम्पत्ति हडप्न अनेक प्रपन्च गरेका हुन्छन् र हडपेका पनि छन्। सापटीको रुपमा केही रकम दिनु, अनि त्यही रकमलाई बर्षै पिच्छे चर्को ब्याज हिसाब गरी अस्वाभिक रुपमा मूलधनको वृद्धि गराएका हुन्छन्। यस किसिमको रकम तीर्न नसक्ने हुँदा आखिरमा उनीहरुले आफ्नो जग्गा नै दिन बाध्य हुनु पर्ने स्थिति अद्यापी देख्न सकिन्छ। यसरी टाठा बाठाले अरुलाई शोषण गरी आफु धनी हुने गरी आएकै छन्।

आजकल मानिस जतिसक्यो छिटो धनी हुने होडबाजी नै चलेको छ। कुनै उद्योग, धन्दा, कलकारखाना, व्यवसाय सन्चालन गर्न धेरै समय लाग्ने र आम्दानीको सुनिश्चितता पनि नहुने भएकाले ठगीको धन्दा बढ्दै गएको छ। ठगीको धन्दाले तत्कालै धनी बनाउने भए पनि यो दीगो नहुने हुन्छ। यो जान्दा जान्दा पनि मानिस धनी हुनका लागि यसैको पछि लागेका हुन्छन्।

धनी हुने अर्को पक्ष भनेको अंश हो। केही फटाहाले आफ्ना दाजुभाइलाई अनेक किसिम बाट ठगी आफ्नो भागमा बढी सम्पत्ति राखेका हुन्छन्। यसरी एकै कोखबाट जन्मिएका र एउटै लाम्टा चुसेका दाजुभाइमा रगत र माया ममतालाई तिलान्जली दिँदै टाठा बाठाले सिधा साधालाई शोषण गर्दै आएका छन्। शुरुमा बराबर अंश छ भन्ने भ्रम सिर्जन गर्दछन्, पछि गएर आफ्नो भनी बेचबिखन र उपभोग समेत गर्दछन्। यस किसिमको परिपाटी गाउँघरमा धेर नै देखिने गर्दछ। यो कार्य पनि धनी हुने बाटो नै हो।

सहरको कुरा गर्ने हो भने अझ धेरै डरलाग्दो हुँदै गएको देखिन्छ। व्यापारमा मूल्य वृद्धि, कमगुणस्तरका सामान, कर छली, अवैध व्यापार, चेलीबेटी बेचबिखन आदि असंख्य उदाहरण प्रस्तुत गर्न सकिन्छ। यसरी धनी हुने चाहनाले हाम्रो समाजको संरचनामै प्रतिकूल प्रभाब पारी रहेको हुँदा समयमा नै हामी सबै मिली हाल देखिएको प्रवृत्तिलाई निरुत्साहित गर्न सक्नु नै आजको आवश्यकता हो भन्न सकिन्छ।-कृष्णमणि पराजुली अन्नपूर्णपोस्ट

Facebook Comments Box
error: Content is protected !!