भोलि जेठ २ गते बाट २० लाख कित्ता को आबेदन माग कति कित्ताको लागी आबेदन दिने जान्नुहोस

1 min read

भोली  जेठ २ गते देखि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८.५% ब्याजदरमा ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।प्रति कित्ता १ हजार रुपैया दरको कुल २० लाख कित्ता ऋणपत्र  मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्ने जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५% दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्काशनमा आउन लागेको हो ।यस ऋणपत्रमा छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ले जनाएको  छ ।

आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ ।यस बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनुका साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

Facebook Comments Box
error: Content is protected !!