कांग्रेस सभापति शेरबहादुर देउवाले बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको नि,धन प्रति दुःख व्यक्त गर्दै यस्तो लेखे….

1 min read

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । गच्छदारको पत्नी निर्मला गच्छदारको शनिवार विहानै निधन भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

पूर्वमन्त्रीसमेत रहेका गच्छदारकी पन्तीको शनिबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको कांग्रेस सभापति शेरवहादुर देउवाले सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् । उनको केही दिनदेखि नर्भिकमा उपचार भइरहेको थियो। स्वास्थ्यमा सुधार नदेखिएपछि शनिबार बिहान उनको निधन भएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निर्मला गच्छदारको निधनप्रति दुःख व्यक्त गरेका छन्। ‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निधनको खवरले मर्माहित भएको छु,’ सभापति देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको आत्माको चीरशान्तिको कामना गर्दै विजयजी लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ विजय गच्छदार ललिता निवास घटनामा निलम्बनमा परेका छन् । उनी माथि अख्तियारले छानविन गरिहरेको छ ।

Facebook Comments Box
error: Content is protected !!