गाडीको ठ क्क रबाट ड्यूटी गरिरहेका हवल्दारको मृ,त्यु

1 min read

रूपन्देही । रुपन्देहीको कन्चन ४ थकालीचोकमा सवारी चेकिङ गरिरहेका प्रहरीको गाडीको ठ क्क रबाट मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय रुद्रपुरका अनुसार कञ्चन गाउँपालिका ४ थकालीचोकस्थित ट्राफिक चेकिङको क्रममा गाडीले ठ क्क र दिँदा जिल्ला प्युठान एरावती गाँउपालिका- २ घर भएका हाल इलाका प्रहरी कार्यलय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढामगरको घ टनास्थलमा मृत्यु भएको छ ।

बिहीबार बिहान पहिचान खुल्न नसकेको गाडीले ठक्कर दिंदा ३६ वर्षिय प्रहरी हवल्दार बुढा मगरको मृत्यु भएको हो । उनको शव पो ष्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।ठक्कर दिने गाडीको पहिचानका लागि हरैया, लोन्डिहवा र लुम्बिनीमा राखिएका सि सि टिभी क्यामेराको सहायताबाट खोजी भैरहेको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ 

Facebook Comments Box
error: Content is protected !!