सुन्दै अच्चम हाँस्नु कि रुनु ? गोबर दलेर कोरोना भगाउने कोसिस

1 min read

हाँस्नु कि रुनु ? गोबर दलेर कोरोना भगाउने कोसिस
भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् ।यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् । र, उनीहरुको विश्वास छ कि– यो विधिले उनीहरुको कोरोना प्रतिरोधी क्षमता बढ्छ र कुनै पनि हालतमा संक्रमण हुँदैन ।

समाचार संस्था रोयटरले कभर गरेको यो भिडियो यतिबेला विश्वभर भाइरल भइरहेको छ । श्री स्वामीनारायण गुरुकुल बिद्यालयमा स्थानीयहरु हप्ताको एक दिन भेला हुन्छन, गौमुत्र र गोबर मिसाएर घोल बनाउँछन र लाइन बसेर जीउभरी गोबरको घोल दल्छन् । गोबर दलेपछि यो समूहले गाइलाई पुजा गर्छन र योगा पनि गर्छन् ।

‘डाक्टरहरु पनि यहाँ आउँछन, उनीहरुको बिश्वास छ कि यो उपचार विधिले उनीहरुको रोग प्रतिरोधी क्षमता बढ्छ ।’ गौतम मनिलाल बोरिसा नामका एक सहभागीले दावी गरे । एउटा औषधि कम्पनीमा काम गरिरहेको गौतमको दावी छ कि यही बिधिको उपचारले गर्दा उनी गत बर्ष कोरोना लाग्नबाट बचे ।

डाक्टर तथा बिज्ञहरुले पटकपटक यस्ता वैकल्पिक उपचार बिधिले झन खतरा निम्त्याउने भन्दै चेतावनी दिइरहेका छन् । आफ्नो शरिरमा रोग प्रतिरोधी क्षमता रहेको भ्रममा पर्दा बेलैमा कोरोनाको उपचार हुनबाट बञ्चित हुने भन्दै चिकित्सकहरुले यस्ता कार्यप्रति चिन्ता जनाइरहेका छन्

महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् ।यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् । र, उनीहरुको विश्वास छ कि– यो विधिले उनीहरुको कोरोना प्रतिरोधी क्षमता बढ्छ र कुनै पनि हालतमा संक्रमण हुँदैन ।

समाचार संस्था रोयटरले कभर गरेको यो भिडियो यतिबेला विश्वभर भाइरल भइरहेको छ । श्री स्वामीनारायण गुरुकुल बिद्यालयमा स्थानीयहरु हप्ताको एक दिन भेला हुन्छन, गौमुत्र र गोबर मिसाएर घोल बनाउँछन र लाइन बसेर जीउभरी गोबरको घोल दल्छन् । गोबर दलेपछि यो समूहले गाइलाई पुजा गर्छन र योगा पनि गर्छन् ।

‘डाक्टरहरु पनि यहाँ आउँछन, उनीहरुको बिश्वास छ कि यो उपचार विधिले उनीहरुको रोग प्रतिरोधी क्षमता बढ्छ ।’ गौतम मनिलाल बोरिसा नामका एक सहभागीले दावी गरे । एउटा औषधि कम्पनीमा काम गरिरहेको गौतमको दावी छ कि यही बिधिको उपचारले गर्दा उनी गत बर्ष कोरोना लाग्नबाट बचे ।

डाक्टर तथा बिज्ञहरुले पटकपटक यस्ता वैकल्पिक उपचार बिधिले झन खतरा निम्त्याउने भन्दै चेतावनी दिइरहेका छन् । आफ्नो शरिरमा रोग प्रतिरोधी क्षमता रहेको भ्रममा पर्दा बेलैमा कोरोनाको उपचार हुनबाट बञ्चित हुने भन्दै चिकित्सकहरुले यस्ता कार्यप्रति चिन्ता जनाइरहेका छन्

 

Facebook Comments Box
error: Content is protected !!