भिषण हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु, घरको छाना उडाइदियो

1 min read

कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्या’पिएर टीकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० वर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक भरतबहादुर चौधरीले जानकारी दिनुभयो । हावाहुरीले कच्ची घरमाथि रुख ढ’ल्दा च्या’पिएर कामीको मृत्यु भएको हो ।

यस्तै हावाहुरीले कैलारी गाउँपालिका– ५ का अंकित बोहराको घरको छाना उडाइदिएको छ । त्यसबाट अन्दाजी रु. ७० हजार बराबरको क्षति भएको छ । प्रहरी नायव निरीक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका खम्बामा क्षति गरेको छ ।

Facebook Comments Box
error: Content is protected !!