महेश बस्नेतले महन्थ पक्षधर सांसदलाई भक्तपुरको रिसोर्टमा पुर्याएको खुलासा

1 min read

महेश बस्नेतले महन्थ पक्षधर सांसदलाई भक्तपुरको रिसोर्टमा पुर्याएको खुलासा

काठमाडौं, ३० वैशाख । यतिबेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निकटस्थ सांसदहरु भक्तपुरको एक रिसोर्टमा छन् । सत्ता संघर्षका क्रममा बहुमतको प्रधानमन्त्री बन्नबाट रोक्न उनीहरुलाई भक्तपुरको रिसोर्टमा राखिएको हो ।

भक्तपुरमा नै जसपा सांसदहरु किन पुगे ? उनीहरुलाई त्यहाँ पुर्याउनेमा नेकपा एमालेका सांसद महेश बस्नेतको मुख्य भूमिका छ । बस्नेतले जसपाका १९ जना सांसदहरु भक्तपुरमा रहेको र उनीहरुलाई त्यहाँ बोलाउन आफूले भूमिका खेलेको बताए ।बस्नेतका अनुसार जसपाका १९ जना सांसदहरु भक्तपुरमा छन् । थप ३ जना आउन लागेकोले २२ सांसद ठाकुरको पक्षमा रहने बस्नेतको दाबी छ ।

तर, ठाकुर पक्षका १४ जना सांसदमात्र भक्तपुरको रिसोर्टमा रहेको बुझिएको छ । उनीहरुलाई कम्तिमा साँझ ९ बजेसम्म त्यहीं राख्ने तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र सांसद महेश बस्नेतले सांसद यताउता तान्न पछिल्लो समय सक्रिय रहँदै आएका छन् । उनले यसपटक ओलीलाई प्रधानमन्त्री फेरि बनाइछाड्न ठाकुर पक्षलाई बलियो बनाउन सक्रियता देखाउँदै आएका छन् ।-फाइल तस्बिर

Facebook Comments Box
error: Content is protected !!