अन्याय भएपछि बाध्य भएर अदालत आएका हौँ : मन्त्री पाण्डे

1 min read

जसपाबाट मन्त्री बनेका ४ जनाको नाम प्रदेशसभा सचिवालयको वेबसाइटबाट नाम हट्योलुम्बिनी प्रदेशमा सभामा जनता समाजवादी पार्टी (जसपा)बाट सांसद बनेका ४ सदस्यलाई कारबाहीको पत्र पाएलगत्तै पदमुक्त गराएको प्रदेशसभाले आज आफ्नो वेबसाइटबाट नाम हटाएको छ । पार्टीबाट कारवाहीको पत्र आएपछि लुम्बिनी प्रदेशसभा सचिवालयको वेबसाइटबाट उनीहरुको नाम हटाइएको हो ।

  नाम हटाएका मन्त्रीहरु भने पार्टी र प्रदेश सभाले आफुहरुलाई अन्याय गरेको भन्दै  चार जनाले सर्वोच्च अदालतमा रिट दायर गर्नको लागि अहिले सर्वोच्च अदालतमा पुगेका छन् ।मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै प्रदेश सरकारमा मन्त्री बन्न गएका जनता समाजवादी पार्टीका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीले कारवाही गरी प्रदेशसभाबाट हटाएपछि कानूनी उपचार खोज्न लागी सर्वोच्च अदालतमा गएको मन्त्री सन्तोषकुमार पाण्डेले रातोपाटीलाई बताए । उनले पार्टी र प्रदेशसभा सचिवालयविरुद्ध मुद्दा हाल्न लागेको बताए ।

उनले भने, ‘रिटको लेख्ने काम भइरहेको छ, हामी अदालतमा नै छौँ हामीमाथि अन्याय भएपछि बाध्य भएर अदालत आएका हौँ ।’नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा कल्पना पाण्डेबाहेक बाँकी तीन जनाको पनि हस्ताक्षर रहेको छ ।

जसपाको निर्णय अनुसार चारै जना सांसद पदमुक्त भएको सूचना प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले हस्ताक्षर गरेर जारी गरेका थिए । लुम्बिनी प्रदेशमा जसपका ६ जना प्रदेशसभा सदस्यमध्ये ४ जना सरकारमा गएका थिए भने दुई जना सरकारविरुद्धको अविश्वास प्रस्तावको पक्षमा रहेका छन् ।  प्रदेश सभाको विशेष बैठक १९ गतेको लागि आह्वान गरिएको छ । 

Facebook Comments Box
error: Content is protected !!