एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगियो

1 min read

विराटनगर । संखुवासभाको खाँदबारीमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ । संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

कोरोना पोजेटिभको लक्षण देखिएपछि अध्यक्ष शाक्यको परिवारलाई सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको हो। उनीहरुलाई हेलिकप्टर चार्टर गरि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । दोस्रो चरणको कोरोना संक्रमण गम्भीर प्रकृतिको समस्या भएको भन्दै जिल्ला अस्पताल खाँदबारीले उनीहरुलाई रिफर गरेको हो ।

सदरमुकाम खाँदबारी –१ का शाक्यको परिवारमा कोरोनाको लक्षण देखिएपछि खाँदबारी जिल्ला अस्पतालमा एन्टिजेन जाँच गर्दा पोजेटिभ देखिएको थियो । जिल्ला अस्पताल खाँदबारीमा सोमबार ७ जनाको एन्टिजेन चेक गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये एक जनामा भने स्वास प्रश्वासको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए ।

तेस्तै, अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको जानकारी दिनुभयो ।

पत्रमा “अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न” उल्लेख गरिएको छ ।

आइतबार एकै दिन २८ सङ्क्रमितको निधन हुनाका साथै तीन हजार १२२ नयाँ बिरामी भेटिएका थिए । नेपालमा अहिलेसम्म तीन लाख ११९ सङ्क्रमित, दुई लाख ७७ हजार ५७३ निको र तीन हजार १६४ को निधन भइसकेको छ ।

Facebook Comments Box
error: Content is protected !!