नेपालमा एकै दिन २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि !

1 min read

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ हजार ८ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २२० जना र ८ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जना गरी कुल २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७ सय ८६ जना, ललितपुरमा १ सय ८१ जना र भक्तपुरमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Facebook Comments Box
error: Content is protected !!