भारतवाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र र कोमललाई कोरोना पुष्टि

1 min read

काठमाडौ । भारतको महाकुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरस पुष्टि भएको छ। महाकुम्भ मेला कोरोनाको हट स्पट बनेको थियो । दुई महिना सम्म चल्ने कुम्भमेलामा महास्नान गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र त्यहाँ विभिन्न ब्यक्तिहरुसंगको सामिप्यमा थिए । सोमबार गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

कोरोना पुष्टि भए पनि उनीहरु होम आइसोलेसनमै रहेको सुरक्षा स्रोतले जनाएको छ। पूर्वराजा शाह भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएका थिए। कुम्भ मेलामा लाखौं नागरिक सहभागी भएका थिए । शाहलाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो। उनलाई शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए। हाल सोही मेला कोरोना भाइरसको हटस्पट बनेको देखिएको छ। दुई महिनासम्म यो मेला चल्नेछ। तर उक्त मेलामा पुगेका १५ सय बढीलाई कोरोना पुष्टि भइसकेको छ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

भारतको दिल्लीमा सोमबार रातिदेखि एकहप्ताको लागि लकडाउन घोषणा भएको छ। कोरोना भाइरसका संक्रमित गत वर्षभन्दाका तीव्र गतिमा बढ्न थालेपछि दिल्लीका मुख्यमन्त्रीले सोमबार एकहप्ताको लागि लकडाउनको घोषणा गरेका थिए।उनले दिल्लीका मजदुरहरुलाई शहर नछाड्न आग्रह गरेका थिए। तर भोकमरीको चिन्ताले मजदुरले दिल्ली छाड्न थालेका छन्।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सयौंको संख्यामा मजदुरहरु दिल्लीका हरेक स्थानमा घर जानका लागि जम्मा भएको बीबीसीहिन्दीले जनाएको छ। हाल आनन्द बिहार लगायत विभिन्न स्थानमा प्रहरीले मजदुरहरुलाई आफू पहिल्यै बसेको स्थानमा जान आग्रह गरिरहेका छन् तर मजदुरहरुले आफूलाई घर फर्काइदिन माग गरिरहेका छन्। गतवर्ष जसरी मानिसहरु घर फर्किन सडकमा जम्मा भएका थिए दिल्लीमा सोही घटना झझल्को दिने दृश्य देखिएका छन्।
***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!