भारतमा राजा बन्न गएका ज्ञानेन्द्रलाई, नेपाल प्रवेशमा रोक लगाउनु पर्छ – आङकाजी शेर्पा

1 min read

जनता समाजवादि पार्टी (जसपा) का नेता आङकाजी शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् ।नेपालमा राजनीति माहोल बिग्रिरहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्ने र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताएका छन ।

भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा भारतका जोगीहरुसँग १ हप्ता लसपस गरेर बसेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पिसिआर टेष्ट गर्नु पर्ने र यदि कोरोण संक्रमित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु पर्ने बताएका छन ।

यस्तो छ उनको पोस्ट
भारतमा राजा बन्न गएका ज्ञानेलाई, नेपाल प्रवेशमा रोक लगाउनु पर्छ !
(१) नेपाली नागरिकता : भारतमा हिन्दु जोगीको आर्शिवादले राजा बन्न गएका ज्ञानेले नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्छ । नेपाली नागरिकता नभएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्छ !
(२) पि सि आर टेष्ट : कोरोना संक्रमित देश भारतका जोगीहरूसंग १ हप्तसम्म लसपस गरेर बसेको हुनाले ज्ञानेको पि सि आर टेष्ट गर्नु पर्छ । कोरोण संक्रमित भए नेपाल प्रवेशमा रोक लगाउनु पर्छ !

Facebook Comments Box
error: Content is protected !!