भारतले एकाएक ब न्द गर्यो नेपालगञ्ज नाका

1 min read

नेपालगञ्ज । भारतले आज बिहानैदेखि नेपालगञ्ज नाका ब न्द गरेको छ । भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवा दको मुद्दा मा फैस ला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सी ल गरेका हुन् । भारतले नाका सी ल गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका ब न्द गरेको बारेमा औपचारिक रुपमा जानकारी नआएको बताउनुभयो । ‘उनीहरुको आज राम मन्दिरबारेको फैसला छ रे । त्यही भएर नाकामा कडा ई गरेका छन् ।’ प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो ।

भारतीय प्रहरीले ‘सु रक्षाको दृष्टिकोण’ ले ए क्कासी नाका सी ल गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सी ल गरेको बारेमा जानकारी दिएको बताउनुभयो । भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । नेपालगञ्ज नाकाबाट भारतीय अस्पतालमा उपचार गर्न ठूलो संख्याका बिरामी जाने भएकाले भारतीय प्रहरीले एम्बुलेन्सलाई छुट दिएको छ । भारतबाट नेपालतर्फ आउन दिइएको छ । बिहान ए क्कासी नाका ब न्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए ।

Facebook Comments
error: Content is protected !!