देशभर लागु हुँदै छ पुनः यस्तो नियम, बिद्यालय त ३ हफ्ताका लागि बन्द गर्न सिफारिस भैसक्यो अन्य के खोल्न पाइन्छ के पाइदैन ? यस्ता छन् नयाँ मापदण्ड

1 min read

देशमा कोरोनाको नयाँ भेरिएन्ट (प्रजाति) को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ।(शनिबार) बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना रोकथामका लागि नयाँ स्वास्थ्य मापदण्ड तयार पारेको हो।
***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,
उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पारित गरेको प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा लगिनेछ। अनुमोदन भएपछि मात्र लागू गरिनेछ।प्रस्तावमा संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तीमा ३ साता बन्द गर्ने तथा रात्रिकालीन व्यवसाय राति १० बजेबाट प्रतिबन्ध लगाउनेलगायत ११ बुँदा छन्।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

संक्रमणको अवस्था हेरेर एक स्थानीय तहबाट अर्कोमा आवागमनमा पनि कडाइ गर्ने निर्णय बैठकले गरेको छ।
काठमाडौं, पोखरालगायतका सहर तथा केही विद्यालय/क्याम्पसमा कोरोनाको बेलायती नयाँ भेरिएन्ट (एस जिन नेगेटिभ) बढेको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढी देखिएको सीसीएमसीले जनाएको छ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्न र नयाँ प्रजातिको कोरोनाबाट बच्न आम नागरिकमा अपिल पनि गरेको छ।हाल छिमेकी मुलुक भारतमा नयाँ प्रजातिको कोरोनासहित संक्रमण तीव्र भइरहेकाले नेपालमा पनि जोखिम बढेको छ।सिसिएमसीले आफ्नो तर्फबाट कुरा राखेपछि सबै मन्त्रीहरूले आ-आफ्नो धारणा राखेका थिए।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

पहिलो चरणमा शहरी क्षेत्रमा भीडभाड कम गर्नुका साथै स्वास्थ्यको मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने मन्त्रीहरूले सुझाव दिए। सीमा आवातजावत कडाइ गर्नुका साथै स्वास्थ्य चेक जाँचको व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्।लकडाउन गर्ने, शैक्षिक संस्था, फिल्म हललगायत बन्द गर्ने विषयलाई दाेस्रो विकल्पका रूपमा राखिएको उनले बताए।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सिसिएमसी संयोजक पोखरेल हुन् भने सदस्यमा अरु १० सदस्यमा मन्त्री र सचिव रहेका छन्। जसमा गृह, परराष्ट्र, शिक्षा, कृषि, स्वास्थ्य,उद्योग, पर्यटन,अर्थमन्त्री सदस्य हुने व्यवस्था छ। मुख्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य हुने व्यवस्था छ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

यस्ता छन् थप प्रस्ताव :
सार्वजनिक तथा निजी निकायका प्रमुखले आफ्नो तथा अन्तर्गत कार्यालयहरूमा जनस्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालना गर्ने गराउने प्रस्ताव गरेको छ ।विदेशबाट फर्केपछि घरमा क्वारेन्टिन बसेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले सो सम्बन्धी मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि सबै पालिकाहरूले स्थानीय तहमा निगरानी वा अनुगमन समिति बनाई नियमित अनुगमन र निगरानी गरी सो को विवरण डीसीसीएमसी मार्फत सीसीएमसीमा पठाउने।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका अन्य मापदण्ड समेत पालना गर्ने । सिट सङ्‌ख्याका अनुपातमा यात्रुको सङ्‌ख्या सीमित रहने गरी ‍यात्राको व्यवस्था गर्ने। सो को नियमित अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबाट गर्न लगाउने ।रात्रीकालीन डान्सवार, नाइट क्लब, दोहरी साँझ जस्ता धेरै भीडभाड हुने क्रियाकलापहरू राति १० बजेपछी बन्द गर्ने र सो को अनुगमन डीसीसीएमसीले गर्ने।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सङ्क्रमणको अवस्था हेरी महानगरपालिकाहरूमा ५००, उप महानगरपालिकामा ३००, नगरपालिकामा २००, गाँउपालिकाहरूमा १०० वा सो भन्दा बढी सक्रिय सङ्क्रमित भएमा सम्बन्धित पालिकाहरूको समन्वयमा नियन्त्रित आवागमन गर्ने व्यवस्था डीसीसीएमसीले मिलाउने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकाले टेस्टिङ, क्वारेन्टिन र आइसोलेसन लगायतका व्यवस्था मिलाउने ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

कोभिड–१९ को कारण विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव शदगतका लागि नेपाल ल्याउनै पर्ने भए सम्बन्धित देशले दिएको अनुमतिका आधारमा नेपाल ल्याई शदगत गर्न दिनेजनस्वास्थ्य मापदण्डको आमरूपमा पालना भए-नभएको नियमित अनुगमन गर्नका लागि प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय, सबै सुरक्षा निकायहरू र शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरी नियमित अनुगमनको कार्य गर्ने ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

हाल सञ्चालनमा रहेका सबै आन्तरिक विमानस्थलहरूमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा अनिवार्य हेल्थ डेस्क स्थापना गरी यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाउने ।स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका नाकाहरूमा स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालयको समन्वयमा प्रदेश सरकार र स्थानीय तहले अनिवार्य रूपमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचको प्रबन्ध मिलाउने ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!