करेसाबारीमा तरकारी रोप्दै प्रचण्ड (फोटो फिचर)

1 min read

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ करेसाबारीमा तरकारी रोपेका छन् ।फुर्सदको समयमा करेसाबारीमा व्यस्त रहन मन पराउने प्रचण्डले शुक्रबार बिहान ‘सिजनल’ तरकारी रोपेका हुन् शारदा अधिकारीको घरमा भाडामा बस्दै आएका प्रचण्डले खाली जग्गामा तरकारी रोपेका हुन् । उनले काँक्रा, काउली लगायतका तरकारी रोपे, पानी हाले । आधुनिक किसिमले तरकारी रोपेका छन् ।

परिवारका सदस्य तथा सहयोगीहरुका साथमा उनले तरकारी रोपेका थिए ।समय मिल्दा बेला–बेला करेसाबारी अवलोकन गर्ने प्रचण्ड करेसाबारीको तरकारी खान मन पराउँछन् ।तरकारी रोप्दै गर्दा पूर्वमन्त्रीहरु वर्षमान पुन अनन्त र रामेश्वर राय यादव पुगेका थिए ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!