हार्दिक बधाई पत्रकार महासंघ गोरखा अध्यक्षमा प्रेस युनियनका नरहरि सापकोटा बिजयि

1 min read

गोरखा : नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन्। प्रेस युनियनका उमेद्वार सापकोटाले प्रेस सेन्टर नेपालका उमेद्वार दीपक श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गरेका हुन्।गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठ (जलन) ले १२ मत प्राप्त गरेका थिए।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

अध्यक्ष पदका लागि अनुपमा खनाल, श्रेष्ठ र नरहरि सापकोटाले मनोनयन दर्ता गरेका थिए। अध्यक्ष पदमा मनोनयन गरेकी अनुपमा खनालले उम्मेद्वारी फिर्ता लिएकी थिइन्।सापकोटा ‘दरौँदी’ दैनिकका कार्यकारी सम्पादक, रेडियो गोरखाका सहायक स्टेशन मेनेजर, नागरिक राष्ट्रिय दैनिकका जिल्ला संवाददाता एवं पत्रकार महासंघ गोरखाको यसअघिको कार्यकालका सचिव हुन्।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

आफ्नो नेतृत्वमा रहेको कार्यकालमा जिल्लामा कार्यरत पत्रकारहरुको हक र हितका लागि तथा जिल्लामा सञ्चालित मिडिया हाउसको स्तरउन्नतिका लागि दिलोज्यान दिएर लागि पर्ने नवनिर्वाचित अध्यक्ष सापकोटाले बताएका छन्। ‘परिवर्तित समयसापेक्ष पत्रकारहरुलाई प्रविधिमैत्री बनाउने, क्षमतावृद्धि गरी सशक्त र सबल बनाउन लागिपर्ने छु’, उनले भने।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments
error: Content is protected !!