हेलिकप्टर बुक गरेर सोनीकासंग पारस घुमघाममा व्यस्त ! हिमानी डिभोर्सको तयारीमा

पूर्वयुवराज पारस हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । उनी मोडल तथा भिजे सोनिया रोकायासँग बेसक्याम्प पुगेका हुन् । पारससँग नाम जोडिएकी सोनिकाले भिडियो ब्लग युट्युबमा शेयर गरेकी छिन् ।अन्नपूर्ण बेसक्याम्प पुगेर पारस त्यहाँको प्रकृतिसँग रमाएका थिए । बेसक्याम्पमा पारससँग नाम जोडिएकी मोडल तथा भिजे सोनिका रोकाया पनि पुगेकी थिइन् ।अन्नपूर्ण बेसक्याम्पपछि पारस मुस्ताङ पुगेका छन् । उनी आफ्ना सहकर्मी र साथीसँग मुस्ताङ पुगेका हुन् ।

उनी म्याग्दी हुँदै बुधवार दिउँसो मुस्ताङ पुगेको बताइएको छ । हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुगेका पारस मुस्ताङ जाँदा २ वटा पजेरो जिप र ६ वटा मोटरसाइकलमा गएका थिए । भ्रमणमा रहेका पूर्वयुवराज पारसले तस्वीर खिच्न चाहनेसँग तस्वीर खिचाइरहेका छन् । शाहले बा १४ च २१३१ नम्बरको गाडी चढेका छन् । यता सोनिकासँग पारस नजिक भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले डिभोर्स दिने तयारी गरेकी छिन् । निर्मल निवास स्रोतले हिमानी डिभोर्स दिन लागेको दाबी गरेको छ ।


यो पनि पढ्नुहोस् – धवलागिरि हिमाल आरोहणका लागि ३१ जनालाई अनुमति
काठमाडौं– यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि) को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रु ३२ लाख रोयल्टी प्राप्त भएको छ । यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी उठेको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धवलागिरिको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ । धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ । अनुमति लिने क्रम निरन्तर हुने भएकाले धवलागिरि हिमाल आरोहणमा आरोहीको सङ्ख्या बढ्ने अनुमान गरिएको विभागले जनाएको छ । सन् १९६० मे महिनाको १३ तारिखमा अष्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ ।

तर, विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भए पनि १९४९ मा स्वीस हवाई सर्वेक्षण अज्ञात रहेको थियो । केही समय अगाडि विश्व कीर्तिमानी गर्ने क्रममा म्याग्दीका निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो । अहिलेसम्म सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । त्यसपछि मनास्लु हिमालका लागि २७ दलका २६४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!