Breaking News: पुनः काठमाडौं उपत्यकामा लाग्ने भयो यस्तो नयाँ नियम !…

1 min read

अब काठमाडौं जानेलाई पनि नाकामै रोक्ने प्रसासनको निर्णयकाठमाडौँ — कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो। *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ। नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो। ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ। नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन्। लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन्।

यसै गरि जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । बुधबार कोभिड–१९ मिडिया ब्रिफिङमा बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले चैत १८ गते बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)ले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न अनुरोध गरे ।त्यस्तै कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Facebook Comments Box
error: Content is protected !!