हार्दिक बधाई : सपनालाई फेरि मिल्यो अर्को लोभलाग्दो सम्मान ,सपनाको लागी मन्त्री आफैले गाए यत्तिमिठो गीत (भिडियो सहित)

1 min read

श’व व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सामेल गरेको थियो. यो सफलतामा उनी अत्यन्त खुसी थिइन्। तर, उनलाई पढाइ छुटेकोमा उनलाई छटपटी थियो। २०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन्। *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

पढाइ छाडेर कुलतमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन्। पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्। आफू जति चर्चा पाएपनि उनलाई पढाइ छुटेको विषय खड्किरहन्थ्यो। प्रभावशाली महिलाको सूचीमा परेपछि उनले पढाइ पनि सुरु गर्ने बताएकी थिइन्। चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले शतप्रतिशत छात्रवृत्तिमा भर्ना गरेको हो

मलाई बारम्बार खड्किएको विषय हो पढाइ, परिवारसँग यसअघि नै म जोडिएको थिएँ, तर मेरो सफलतामा पढाइ तगारो नबनोस् भनेर पुनःसुरु गरेकी हुँ,’ नेपालखबरसँग कुरा गर्दै सपनाले भनिन्। पढाइ सुरु गर्न कलेज बुझिरहेकी उनलाई सामाजिक अभियान्ता पुकार बमले ह्वाइट हाउससँग जोडेका हुन्। लकडाउनको समयमा भोका मजदुरलाई पुकारसँगै मिलेर खाना खुवाउने अभियानमा सपना जोडिएकी थिइन्। सुरुमा उनले कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढ्ने र स्नातक कानुन विषयमा गर्ने बताएकी थिइन्। *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Facebook Comments Box
error: Content is protected !!