रेशम चौधरिका पिता लालवीर’ भन्छन : ‘केपी ओलीको सत्ता टि’काउन मेरो छोरालाई जे’ल मु’क्त गर्नु पर्दैन

काठमाण्डौँ । मेरो छोरा रेशमलाई मोहरा बनाएर राजनीति भइरहेको छ । सत्ता साझेदारीका लागि जसपा नेपालले रेशमको रिहाइलाई सर्त बनाएको छ । रेशमको रिहाइबारे सर्त ठीक हो, तर लाल आयोगको प्रतिवेदनमा टेकेर अघि बढनुपर्ने खाँचो म देख्छु । अहिले सरकारसँगमात्र सम्झौता गरेर रिहा गराउने हो भने भोलिका दिनमा फेरि रेशमलाई पक्राउ गरिने सम्भावना कायमै रहन्छ । त्यसैले लाल आयोगको प्रतिवेदनमाथि टेकेर मन्त्रिपरिषदले निर्णय गर्ने र त्यसैअनुसार रेशमलाई रिहा गराउन पहल गर्ने हो भने टीकापुर घटना राजनीतिक मुद्दा हो।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,</strong

भन्ने स्थापित हुन्छ र रेशममात्र होइन, सो घटनाका अन्य आरोपीमाथि न्याय हुन्छ । अहिले त जसपा नेपालले हावाका भरमा रेशम चौधरीको रिहाइको माग गरिरहेको छ, यो सत्ता स्वार्थमात्र हो । रेशममात्र होइन, सबै थारु जातिमाथि अन्याय भएको छ । यसको छिनोफानो लाल आयोगले मात्र गर्न सक्छ भनेर धेरै पहिलादेखि हाम्रा नेताहरुले भन्दै आएका हुन् । तर, अहिले लाल आयोगको प्रतिवेदन किन खोजिँदैन । हामी पीडित छौं, दशौं करोडको क्षति भएको छ, छोरा जेलमा छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,</strong

हामी थारु जाति नभइदिएको भए १० करोड क्षतिको बदला १५ करोड पाइन्थ्यो होला । थारु भएकै कारण हामीले अहिलेसम्म अन्याय भोग्दै आएका छौं । केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउनका लागि रेशमलाई ‘मोहरा’ नबनाउन् । रेशमलाई साँच्चै नै रिहा गर्ने हो भने सबैभन्दा पहिला टीकापुर घटनालाई राजनीतिक मुद्दाका रुपमा लिनुपर्छ । ओली सरकारले टीकापुर घटनाका दोषी ठहरिएका सबैलाई रिहा गर्न सक्थ्यो । तर, यतिका वर्षसम्म गरेन ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,</strong

अहिले आएर रेशमको रिहाइबारे प्रधानमन्त्री ओलीले जसपा नेपालका नेताहरुसँग कुरा गर्नु भनेको टीकापुर घटनाका पीडित, थारु समुदायले उठाएका राजनीतिक मागप्रति सद्भाव देखाएर होइन कि आफ्नै नेतृत्वको सरकार टिकाइराख्न मात्र केन्द्रित छ भन्ने कुरा सबैले बुझेका छन् । जसपाले रेशमको रिहाइको माग पार्टीका लागि गरेको हो या व्यक्तिका लागि गरेको हो भन्नेमा हामी पनि अन्योलमा छौं । जसपाले रेशमको मुद्दालाई पहिलादेखि नै यसरी प्राथमिकता दिएर उठाउनुपर्ने हो । अहिले जसपा नेपाल आफै पनि सत्तामा जान र प्रधानमन्त्री ओलीलाई पनि सत्ता टिकाउनका लागि रेशमको कुरा उठेको हो भन्ने हाम्रो ठम्याइ छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!